SHARE
बुटवल टुडे · बिहीबार ३० असो २०८२ ०४:०७ AM · 1 मिनेट पढाइ

पर्यटन नीति २०८२ ले जगाएको आशा

दुई दशक अघिसम्म पोखरा, काठमाण्डौ, सगरमाथा छेउछाउ र चितवनमा मात्र सिमित रहेको पर्यटन अहिले देशव्यापी बनेको छ । पर्यटनसंग सामान्य मानिसहरू जोडिएका छन् र दूरदराजका वासिन्दाहरूले पनि पर्यटनबाट प्रत्यक्ष अप्रत्यक्ष लाभ लिन थालेका छन् । विदेशी पर्यटकहरूको संख्यात्मक वृद्धि केहि सुस्त भएपनि पछिल्ला वर्षहरूमा आन्तरिक पर्यटकहरूको संख्या निकै बढेको छ ।