SHARE
बुटवल टुडे · बिहीबार ३० असो २०८२ ०५:४७ AM · 1 मिनेट पढाइ

देउवाले कार्यकारी जिम्मेवारी त्यागेपछि पहिलो कांग्रेस बैठक आज

काठमान्डौ, ३० असोज । नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवाले कार्यकारी जिम्मेवारी त्यागी उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएपछि पहिलोपटक आज (बिहीबार) पार्टीको केन्द्रीय समिति बैठक बस्दैछ । यसअघि मंगलबार सभापति देउवाको अध्यक्षतामा सुरु भएको बैठकलाई निरन्तरता दिँदै आजदेखि बैठकको अध्यक्षता कार्यवाहक सभापति खड्काले गर्नेछन् ।