SHARE
बुटवल टुडे · बिहीबार ३० असो २०८२ ०५:५४ AM · 1 मिनेट पढाइ

डेढ सातामै तोलामा २७ हजार रुपैयाँले बढ्यो सुनको मूल्य

काठमान्डौ, ३० असोज । डेढ साताभित्रै सुनको मूल्य तोलामा २७ हजार सात सय रुपैयाँले वृद्धि भई इतिहासकै नयाँ उचाइमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बिहीबार) सुनको मूल्य तोलामा दुई लाख ५० हजार नौ सय रुपैयाँ कायम गरिएको छ, जो हालसम्मकै उच्च दर हो ।