विद्या भण्डारीको सदस्यता तत्काल खुलाउन माग गर्दै माधव ढुंगेलले बुझाए लिखित पत्र
काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य माधव ढुंगेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता तत्काल खुलाउन माग गर्दै लिखित पत्र दिएका छन्। बिहीबार बसेको दोस्रो दिनको केन्द्रीय कमिटी बैठकमा उनले भण्डारीलाई एमाले सदस्यता दिनुपर्ने मागसहितको पत्र अध्यक्ष केपी शर्मा ओली र महासचिवलाई दिएका हुन्। बैठकमा रमेश पौडेलले पनि भण्डारीको सदस्यता रोकेर एमाले एकताबद्ध हुन नसक्ने धारणा राखे।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
