SHARE
बुटवल टुडे · बिहीबार ३० असो २०८२ ०८:२५ AM · 1 मिनेट पढाइ

मधेश प्रदेशका सांसद सिंहलगायत १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं, ३० असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेश सभा सदस्य सरोज कुमार सिंह सहित १६ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । सिंह महोत्तरी क्षेत्र नं. ४ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।