SHARE
बुटवल टुडे · बिहीबार ३० असो २०८२ ०८:५६ AM · 1 मिनेट पढाइ

कांग्रेस केन्द्रीय समितिमा यी ८ एजेन्डामाथि छलफल हुने

 काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा विभिन्न ८ वटा एजेन्डामा छलफल हुने तय भएको छ । बिहीबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिले बैठकका एजेन्डा तय गरेको हो । एजेन्डामा भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछिको राजनीतिक घटनाक्रम, पार्टीको १५औं महाधिवेशनका विषयलगायत रहेका छन् ।