SHARE
बुटवल टुडे · बिहीबार ३० असो २०८२ ११:२६ AM · 1 मिनेट पढाइ

पार्टी नेतृत्वमाथि प्रहार गर्ने सचिवालयका नेताहरूलाई कारबाही गरियोस् : पासाङ शेर्पा

काठमाडौं, ३० असोज । नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पाले संकटको घडीमा पार्टी नेतृत्वमाथि प्रहार गर्ने सचिवालयका नेताहरूलाई कारबाही गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् । ललितपुरमा जारी पार्टीको केन्द्रीय कमिटी बैठकमा आफ्ना धारणा राख्दै उनले पार्टीभित्रै भाँडभैलो मच्चाउने र मिडियामा अभिव्यक्ति दिँदै हिँड्ने सचिवालयका नेताहरूलाई कारबाही हुनुपर्ने सुझाव दिएका हुन् ।