SHARE
बुटवल टुडे · बिहीबार ३० असो २०८२ ११:३६ AM · 1 मिनेट पढाइ

सत्य नारायण चौधरी थारु: थारु म्यूजिक भिडियोका उदाउमान कलाकार

बाँके, ३० असोज । साधारण परिवारमा जन्मिएका सत्य नारायण चौधरी थारु आज थारु संगीत जगतका उदाउमान कलाकारका रूपमा चिनिएका छन् । बाल्यकालदेखि संघर्ष गरिरहे पनि उनको प्रतिभा, लगनशीलता र आत्मविश्वासले उनलाई थारु म्यूजिक भिडियोको चम्किलो नाम बनाएको छ ।