SHARE
बुटवल टुडे · बिहीबार ३० असो २०८२ १२:२५ PM · 1 मिनेट पढाइ

कांग्रेस बैठकमा नेताहरूले भने: सरकार प्रतिशोधमा लाग्यो, संसद विघटन संविधान विपरित

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समितिको बिहीबार दिउँसो बसेको केन्द्रिय समितिको बैठकले पार्टी सभापति शेरबहादुर देउवामाथि जेनजी आक्रमणमा भएको सांघातिक हमलाप्रति निन्दा गरेको छ। बैठकमा बोल्ने सदस्यहरूले महाधिवेशनबारे स्पष्ट हुनुपर्ने धारणा राखेका प्रवक्ता डा. प्रकाशशरण महतले बताए। सरकार निर्वाचनलाई सहज बनाउने बाटोतिर नगएको, प्रतिशोध साँध्ने बाटोमा गएको धारणा राखेका थिए।