SHARE
बुटवल टुडे · बिहीबार ३० असो २०८२ ०१:४८ PM · 1 मिनेट पढाइ

ठेक्का सम्झौतामाथि ठेकेदारको चुनौती : बढैयाताल गाउँपालिकामा माओवादीको मनपरी

बर्दिया, ३० असोज । बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका–४ र ५ को सीमामा रहेको सुन्दर पिक्निक स्थल अहिले राजनीतिक स्वार्थ र ठेकेदारको मनपरीका कारण विवादमा तानिएको छ। गाउँपालिकाले स्पष्ट रूपमा “कुनै नयाँ संरचना निर्माण गर्न नपाइने” सर्तसहित ठेक्का सम्झौता गरे पनि ठेकेदार गणेश थापाले त्यसलाई खुलेआम उल्लंघन गर्दै तालको बाँधमा टहरा बनाई “होटेल” सञ्चालन गरिरहेका छन्।