SHARE
कालिका खबर · बिहीबार २० कात्िक २०८३ ०८:१० AM · 1 मिनेट पढाइ

आईजीपी फेरबदलले रास्वपाको संसदीय दलको बैठक अन्योलमा

काठमाडौँ : नेपाल प्रहरी महानिरीक्षक (आईजीपी) फेरबदलको निर्णयलाई लिएर सरकार र सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूबीच मतभेद देखिएकाे छ । जसकाे कारण पार्टीको संसदीय दलको बैठक नै अनिश्चित बनेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले दानबहादुर कार्कीलाई आईजीपीबाट हटाएर अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) डा. मनोज केसीलाई नयाँ प्रहरी प्रमुख नियुक्त गर्ने निर्णय गरेको थियो । तर, पार्टीलाई पूर्वजानकारी नदिई आईजीपी परिवर्तन गरेपछि रास्वपाभित्र असन्तुष्टि बढाएको छ ।