SHARE
कालिका खबर · बुधबार १९ कात्िक २०८३ ०१:१२ PM · 1 मिनेट पढाइ

न्यायपालिकाको गरिमा जोगाउन र विकृति अन्त्य गर्न पूर्व न्यायाधीश फोरमको गम्भीर ध्यानाकर्षण

काठमाडौं । पूर्व न्यायाधीश फोरम, नेपालले न्यायपालिका बारम्बार गम्भीर विवादमा पर्दै आएको भन्दै यसको गरिमा जोगाउन, चिन्ता, चासो र दायित्व बोध गर्न सबै पक्षको ध्यानाकर्षण गराएको छ। फोरमका अध्यक्ष टोपबहादुर सिंहद्वारा जारी विज्ञप्तिमा अदालतभित्र देखिने भ्रष्टाचारजन्य कार्य, विकृति र विसंगतिविरुद्ध शून्य सहनशीलता अपनाउनु आवश्यक रहेको औंल्याइएको छ। साथै, कुनै एक वा केही न्यायाधीशका कारण समग्र न्यायपालिकाको छवि नै नकारात्मक रूपमा प्रस्तुत गर्ने प्रवृत्तिको बेलैमा नियन्त्रण गर्नुपर्नेमा जोड दिइएको छ।