SHARE
कालिका खबर · मङगलबार १८ कात्िक २०८३ ०५:३२ AM · 1 मिनेट पढाइ

सुनको मूल्य २ लाख ७५ हजार पुग्दा चाँदीमा गिरावट

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेको हो । महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ७५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला २ लाख ७४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ३५ हजार ७७० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य भने घटेको छ ।