SHARE
कालिका खबर · मङगलबार १८ कात्िक २०८३ ०४:४० AM · 1 मिनेट पढाइ

पाँच बंगलादेशी नागरिक सशस्त्र प्रहरीको नियन्त्रणमा

काठमाडौँ : काठमाडौंका विभिन्न स्थानमा लुकिछिपी गैरकानुनी रूपमा बसोबास गर्दै आएका पाँच जना विदेशी नागरिकलाई सोमबार साँझ सशस्त्र प्रहरी बल, नेपालले नियन्त्रणमा लिएको छ। एपीएफ इन्टेलिजेन्स ब्युरो र सशस्त्र प्रहरी बल, नेपाल नं. १८ गणको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि अध्यागमन विभागमा बुझाएको सह प्रबक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। नियन्त्रणमा पर्नेहरूमा बंगलादेशी नागरिक मोहम्मद कुर्वान अलि, जाहिंगिर आलम, रोनित रोय चौधरी, अकम अब्ल्लाह तथा बंगलादेशी मूलका ब्राजिलियन नागरिक रफत मिहा रहेका छन्।