राज्य सञ्चालन बालबालिकाहरूले खेल्ने भाडाकुटी जस्तो बन्यो : शंकर पोखरेल
ठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँदै राज्य सञ्चालनलाई बालबालिकाको भाँडाकुटी खेलजस्तो बनाइएको टिप्पणी गरेका छन्। सोमबार प्रेस चौतारी नेपालले रुपन्देहीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले कार्यकारी पदमा रहेका व्यक्तिहरूले सामाजिक सञ्जालमा गर्ने गतिविधि र अभिव्यक्तिले राज्यको गरिमा कमजोर बनाएको आरोप लगाए। जिम्मेवार पदमा रहने व्यक्ति थप संयमित र उत्तरदायी हुनुपर्ने उनको भनाइ थियो। पोखरेलले विद्यार्थी संगठन, ट्रेड युनियन, व्यावसायिक संघसंस्था र सञ्चारमाध्यममाथि नियन्त्रण गर्ने प्रयास भइरहेको दाबी पनि गरे।