संसद् अधिवेशन आह्वान गर्न विपक्षी दलहरूको माग
काठमाडौं । विपक्षी दलहरूले संसद अधिवेशन आह्वान गर्न माग गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राखेको विपक्षी दलको बैठकले संसद् अधिवेशन आह्वान गर्न माग गर्ने निर्णय गरेको हो । पत्रकार धरपकड, सरकारसँग बिचौलिया जोडिएको, न्यायाधीशबारे महाभियोगलगायतको विषयमा छलफल गर्नको लागि संसद् आवश्यक देखिएको काँग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बताए ।