SHARE
बुटवल टुडे · मङगलबार २८ असो २०८२ ०४:३३ AM · 1 मिनेट पढाइ

कपिलवस्तुमा १ सय २८ कुष्ठरोगका नयाँ बिरामी 

कपिलवस्तु, २८ असोज । कपिलवस्तु जिल्लामा गत आर्थिक वर्ष २०८१/८२ को अवधिमा कुष्ठरोगका १ सय २८ नयाँ बिरामी फेला परेका छन् । ल्याप्रोसी मिसन नेपालको आर्थिक सहयोगमा स्वास्थ्य कार्यालय कपिलवस्तुले तौलिहवामा आयोजना गरेको सञ्चारकर्मी र सरोकारवालालाई कुष्ठरोग अभिमुखीकरण तथा अन्तरक्रियामा सो जानकारी दिइएको हो ।