SHARE
बुटवल टुडे · मङगलबार २८ असो २०८२ ०५:०३ AM · 1 मिनेट पढाइ

प्रशासनमा दिनहुँ सेवाग्राहीको चाप

गुल्मी, २८ असोज । जिल्ला प्रशासन कार्यालय गुल्मीमा यतिबेला अत्यधिक मात्रामा सेवाग्राहीहरूको चाप बढेको छ । दसैँपछि कार्यालयमा विभिन्न सेवा लिन आउने सेवाग्राहीहरूको चाप दिनहुँ बढ्दै गएको हो । अधिकांश मानिसहरू चाडबाडको समयमा घर आएको मौका छोपेर नागरिकता, राहदानी र राष्ट्रिय परिचय पत्र बनाउन प्रशासन कार्यालय आउने गर्दछन् ।