SHARE
बुटवल टुडे · मङगलबार २८ असो २०८२ ०५:२३ AM · 1 मिनेट पढाइ

एकै दिन ८ हजार १०० रुपैयाँले बढ्यो सुनको मूल्य, हालसम्मकै उच्च

काठमान्डौ, २८ असोज । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा २ लाख ४८ हजार ५०० रुपैयाँ कायम भएको छ, जुन सोमबारको तुलनामा ८ हजार १०० रुपैयाँले बढी हो । सोमबार सुनको मूल्य तोलामा २ लाख ४० हजार ४०० रुपैयाँ थियो ।