SHARE
बुटवल टुडे · मङगलबार २८ असो २०८२ ०६:४५ AM · 1 मिनेट पढाइ

चाडपर्व लक्षित बजार अनुगमन

भैरहवा, २८ असोज । नजिकिदै गरेको तिहार र छठ पर्वलाई लक्षित गरी रुपन्देहीको लुम्बिनीमा सोमबार जिल्ला अनुगमन समितिले संयुक्त अनुगमन गरेको छ । लुम्बिनी सांस्कृतिक नगरपालिकाको खुनगाई, महिलवार र पर्सा केन्द्रित अनुगमन गरेको संयुक्त अनुगमन समितिले कैफियत देखिएका सबै फर्महरुलाई नसिहत दिएर छोडेको छ ।