SHARE
बुटवल टुडे · मङगलबार २८ असो २०८२ ०६:४५ AM · 1 मिनेट पढाइ

काठमाडौं जिल्ला अदालतमा महराको बयान सुरु

काठमान्डौ, २८ असोज । पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको सुन तस्करी मुद्दामा काठमान्डौ जिल्ला अदालतमा आजदेखि बयान सुरु भएको छ । न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासमा महराको बयान लिइँदैछ । सोमबार सरकारी वकिल कार्यालयले अभियोग पत्र अदालतमा दर्ता गरेको थियो । महराविरुद्ध ८ करोड ५५ लाख रुपैयाँ बिगो र ३ वर्ष कैद माग दाबी गरिएको छ ।