SHARE
बुटवल टुडे · मङगलबार २८ असो २०८२ ०७:२२ AM · 1 मिनेट पढाइ

भाइटीकाको उत्तम साइत ११ बजेर ३९ मिनेटमा

काठमान्डौ, २८ असोज । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीका लागि सर्वोत्तम साइत सार्वजनिक गरेको छ । समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार कात्तिक ६ गते बिहीबार बिहान ११ बजेर ३९ मिनेट भाइटीकाको साइत अत्यन्त शुभ रहेको छ ।