SHARE
बुटवल टुडे · मङगलबार २८ असो २०८२ ०९:०३ AM · 1 मिनेट पढाइ

जेनजी आन्दोलनपछि देउवा पहिलोपटक सार्वजनिक

काठमाडौं, २८ असोज । २४ भदौमा भएको जेनजी आन्दोलनपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पहिलोपटक सार्वजनिक भएका छन् । मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमा सहभागी हुन जाँदै गर्दा देउवा सार्वजनिक रुपमा देखिएका हुन् । बुढानीलकण्ठस्थित निवासमा आन्दोलनकारीको कुटपिटमा परेका देउवा त्यसयता सार्वजनिक भएका थिएनन् ।