SHARE
बुटवल टुडे · मङगलबार २८ असो २०८२ १०:२१ AM · 1 मिनेट पढाइ

विशेष महाधिवेशनको पक्षमा ५४ प्रतिशतभन्दा बढीको हस्ताक्षर

 काठमाडौं, २८ असोज । नेपाली कांग्रेसमा विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर गर्ने महाधिवेशन प्रतिनिधिको संख्या ५४ प्रतिशत नाघेको छ । कांग्रेसको १४औँ महाधिवेशनमा कुल ४,७४३ जना महाधिवेशन प्रतिनिधि रहेका थिए । १३औँ महाधिवेशनबाट स्वतः प्रतिनिधि भएका केन्द्रीय सदस्य, पार्टी परित्याग गरेका तथा मृत्युभएका प्रतिनिधिहरू घटाउँदा हाल कायम प्रतिनिधिको संख्या ४,५५६ रहेको छ ।