SHARE
बुटवल टुडे · मङगलबार २८ असो २०८२ १०:५१ AM · 1 मिनेट पढाइ

जेनजी आन्दोलन दमनमा संलग्नहरूमाथि फौजदारी अनुसन्धानको माग गर्दै सर्वोच्चमा रिट दर्ता

काठमाडौं । गत महिनाको जेनजी आन्दोलनको दमनमा संलग्नहरूलाई फौजदारी अपराधअन्तर्गत अनुसन्धान गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ । सिन्धुपाल्चोकका युवराज पौडेलले सर्वोच्चमा दर्ता गराएको उक्त रिटमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने राष्ट्रपतिको निर्णय बदर गर्न माग गरिएको छ ।