SHARE
बुटवल टुडे · मङगलबार २८ असो २०८२ ११:३३ AM · 1 मिनेट पढाइ

संसद् विघटनको विषयमा दलहरूसँग राय माग्दै सभामुख घिमिरे

 काठमाडौं, २८ असोज । प्रतिनिधिसभा विघटनको विषयमा सभामुख देवराज घिमिरेले राजनीतिक दलहरूबाट औपचारिक धारणा माग गरेका छन् । राजनीतिक दलका नेता, कानुन व्यवसायी र विज्ञहरूसँग अनौपचारिक छलफलमा रहेका सभामुख घिमिरेले अब दलीय राय औपचारिक रूपमा लिने प्रक्रिया थालेका हुन् । यसका लागि उनले विघटित प्रतिनिधिसभामा रहेका दलका प्रमुख सचेतकहरूलाई छलफलमा बोलाएका छन् ।