SHARE
बुटवल टुडे · मङगलबार २८ असो २०८२ ०१:२५ PM · 1 मिनेट पढाइ

विपिनको मृत्युप्रति इजरायली राष्ट्रपतिद्वारा नेपाली राजदूतलाई फोन गरी दु:ख प्रकट

काठमाडौँ । विपिन जोशीको निधनप्रति इजरायली राष्ट्रपति नेपाली विद्यार्थी विपिन जोशीको मृत्युप्रति इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले दु:ख प्रकट गरेका छन्। इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितलाई फोन गरी राष्ट्रपति हर्जाेगले दु:ख प्रकट गरेका हुन्। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार राष्ट्रपति हर्जाेगले मंगलबार अपराह्न राजदूत पण्डितलाई समवेदना प्रकट गर्न फोन गरेका थिए।