मध्यराति बझाङमा भूकम्पको धक्का
बुटवल, २९ असोज । बझाङमा गएराति भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गएराति १ बजेर ८ मिनेट जाँदा बझाङमा चार दशमलव नौ म्याग्निच्युडको भूकम्पको गएको हो। भूकम्पको केन्द्रबिन्दु बझाङको दान्तोला क्षेत्रमा रहेको केन्द्रले जनाएको छ। मध्यरात भूकम्प जाँदा स्थानीयबासीमा त्रास फैलिएको थियो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
