SHARE
बुटवल टुडे · बुधबार २९ असो २०८२ ०१:०४ AM · 1 मिनेट पढाइ

एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुने भएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बिहान ११ बजे ललितपुरको जावलाखेलमा बैठक सुरु हुनेछ । बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको समसामयिक राजनीतिक घटनाक्रम समेटिएको राजनीतिक प्रतिवेदन, राजनीतिक प्रस्ताव र विविध विषयमा छलफल गर्ने कार्यसूची छ ।