SHARE
बुटवल टुडे · बुधबार २९ असो २०८२ ०१:५० AM · 1 मिनेट पढाइ

मधेस प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्न आज अपराह्न ४ बजेसम्मको समय

बुटवल, २९ असोज । मधेस प्रदेशको मुख्यमन्त्रीमा आज अपराह्न ४ बजेसम्म दाबी पेस गरिनुपर्ने समय सीमा तोकिएको छ। मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मंगलबार पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मुख्यमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि दाबी पेस गर्न आह्वान गरेकी हुन्।