SHARE
बुटवल टुडे · बुधबार २९ असो २०८२ ०२:०७ AM · 1 मिनेट पढाइ

विश्वकप छनोट: नेपालको खेल आज ओमानसँग

बुटवल, २९ असोज । आईसीसी टी– २० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत सुपर सिक्समा आज नेपाल ओमानसँग प्रतिस्पर्धा गर्दै छ । यो खेल नेपाली समयअनुसार राति ८:४५ बजे हुनेछ । जारी प्रतियोगितामा नेपाल र ओमान दुवै अपराजित टोली हुन् ।