SHARE
बुटवल टुडे · बुधबार २९ असो २०८२ ०४:२५ AM · 1 मिनेट पढाइ

माटोसँग गाँसिएको जीवन: दीपावली र छठमा व्यस्त नेपालगन्जका कुम्हार

नेपालगन्ज, २९ असोज । नेपालगन्ज उपमहानगरपालिका–१३ का कुम्हार समुदायका घर–आँगनमा अहिले माटोको सुवास छरिएका छन् । बिहान सबेरै घाम झुल्किन नपाउँदै उनीहरूका हातमा माटो मोलिने र साँझ नढल्केसम्म दियो, कलश, ठेकी र पूजा सामग्री बन्ने क्रम रोकिँदैन । छठ र दीपावली नजिकिँदै गर्दा उनीहरूका हात अझ छिटो चल्न थालेका छन् ।