SHARE
बुटवल टुडे · बुधबार २९ असो २०८२ ०४:४१ AM · 1 मिनेट पढाइ

सभामुख घिमिरेको आह्वानमा सर्वदलीय बैठक सुरु

काठमान्डौ, २९ असोज । सभामुख देवराज घिमिरेको आह्वानमा सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सर्वदलीय बैठक सुरु भएको छ । बैठकमा सभामुख घिमिरेले हालै विघटित प्रतिनिधि सभासम्बन्धी उत्पन्न संवैधानिक अवस्थामाथि दलहरूको धारणा लिन खोजेका हुन् । सभामुखले संसद् पुनर्स्थापनाको मागका सन्दर्भमा अदालतमा जाने वा नजाने निर्णय अघि, राजनीतिक दलहरूको राय संकलनका लागि बैठक बोलाएका हुन् ।