SHARE
बुटवल टुडे · बुधबार २९ असो २०८२ ०५:०९ AM · 1 मिनेट पढाइ

२० वर्षपछि अमेरिकी पासपोर्ट शीर्ष १० को सूची बाहिर

काठमान्डौ, २९ असोज । अमेरिकी पासपोर्ट २० वर्षयताकै पहिलो पटक विश्वका सबैभन्दा शक्तिशाली पासपोर्टको शीर्ष १० सूचीबाट बाहिर परेको छ । हेनले एण्ड पार्टनर्सले सार्वजनिक गरेको हेनले पासपोर्ट इन्डेक्स–२०२५ अनुसार, अमेरिकी पासपोर्ट १२औं स्थानमा झरेको हो । इन्डेक्सअनुसार, अमेरिकी पासपोर्टधारी नागरिकहरू विश्वका २२७ मध्ये १८० देशमा भिसा बिना प्रवेश गर्न सक्छन् ।