SHARE
बुटवल टुडे · बुधबार २९ असो २०८२ ०५:३२ AM · 1 मिनेट पढाइ

एमाले अध्यक्ष ओलीलाई युवा सङ्घद्वारा मोटरसाइकल स्कर्टिङ

काठमान्डौ, २९ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रिय युवा सङ्घ नेपालले मोटरसाइकल स्कर्टिङ गरेर जावलाखेलसम्म पुर्‍याएको छ । ओली जावलाखेलस्थित पार्टी प्यालेस (रामबाग महल) मा बस्न लागेको केन्द्रीय समिति बैठकमा सहभागी हुन गएका हुन् । गुण्डुबाट सुरु गरिएको मोटरसाइकल स्कर्टिङ कार्यक्रमअन्तर्गत सयौं युवा मोटरसाइकलसहित ओलीको स्वागतमा सडकमा उत्रिएका थिए ।