SHARE
बुटवल टुडे · बुधबार २९ असो २०८२ ०५:५५ AM · 1 मिनेट पढाइ

सभामुखद्वारा बोलाइएको बैठकमा जसपा, जनमत र नाउपा पनि गएनन्

काठमान्डौ, २९ असोज । सभामुख देवराज घिमिरेले संसद् पुनर्स्थापनाको मागसँग सम्बन्धित धारणा तय गर्नका लागि बोलाएको सर्वदलीय बैठकमा चार राजनीतिक दल सहभागी भएका छैनन् । सभामुख घिमिरेले विघटित प्रतिनिधि सभामा रहेका सबै दलका नेताहरूलाई सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा छलफलका लागि आह्वान गरेका थिए ।