SHARE
बुटवल टुडे · बुधबार २९ असो २०८२ ०६:०१ AM · 1 मिनेट पढाइ

दाना उद्योगको पर्खाल भत्किँदा ३ जनाको मृत्यु

चितवन, असोज २९ । चितवनको रत्ननगर नगरपालिका–१२ शान्तिकुञ्ज टोलस्थित किसान दाना उद्योगको पर्खाल भत्किँदा तीन मजदुरको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् । आज बिहान उद्योग परिसरभित्रको इँटाको पर्खाल अचानक भत्किँदा काममा रहेका मजदुरहरु मलबेभित्र च्यापिएका थिए ।