प्रधानमन्त्री कार्कीको प्रेस संयोजकमा राम रावल नियुक्त
काठमाडौं, २९ असोज । प्रधानमन्त्री सुशीला कार्कीको प्रेस संयोजकमा राम रावल नियुक्त भएका छन् । प्रधानमन्त्री कार्कीको सचिवालयले रावलको नियुक्तिबारे जानकारी दिएको हो । रावल दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय छन् । दृष्टि साप्ताहिकबाट पत्रकारिता सुरु गरेका उनले कान्तिपुर टेलिभिजन, ग्यालेक्सी टेलिभिजन हुँदै पछिल्लो समय नेपालखबर अनलाइनमा सम्पादकको रूपमा काम गरेका थिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
