सभामुखसँगको छलफलपछि कांग्रेसले भन्यो- निर्वाचनको तयारी सुरु गर्छौँ
काठमाडौं। नेपाली कांग्रेसका नेता तथा केन्द्रीय सदस्य श्यामकुमार घिमिरेले पार्टी अब निर्वाचनको तयारीमा जुट्ने बताएका छन्। आज (बुधबार) सभामुख देवराज घिमिरे सँगको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो जानकारी दिएका हुन्। नेता घिमिरेले कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले वर्तमान परिस्थितिमा निर्वाचनबाट पछि नहट्ने स्पष्ट पारेका छन्। यद्यपि, उनले सरकारले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड दिए।
