SHARE
बुटवल टुडे · बुधबार २९ असो २०८२ १०:०५ AM · 1 मिनेट पढाइ

निर्वाचन कार्यालयमा सनाखतका क्रममा सिंह र साहमाथि जनमत कार्यकर्ताको झडप

काठमाडौँ, २९ असोज । मधेश प्रदेशका निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंह जनस्वराज पार्टी (जस्वपा) मा सनाखत गर्न जाँदा झडप भएको छ । पूर्व मुख्यमन्त्री सिंहसहित जनमतकै पूर्व वनमन्त्री त्रिभुवन साह जनस्वराज पार्टीमा सनाखत गर्न जनकपुरस्थित निर्वाचन कार्यालय पुगेका थिए । त्यस क्रममा उनीहरूलाई रोक्न गएका जनमत पार्टीका नेता तथा कार्यकर्तासँग सामान्य झडप भएको जनाइएको छ ।