कांग्रेसका २४ सय ८८ प्रतिनिधिद्वारा विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर
काठमान्डौ, २९ असोज । नेपाली कांग्रेसका २४ सय ८८ जना महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन आह्वानको माग गर्दै हस्ताक्षर कार्यबाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाएका छन् । देशभरबाट संकलित हस्ताक्षर कांग्रेस नेता गुरु घिमिरेले बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा खड्कालाई बुझाएका हुन् । घिमिरेका अनुसार यो संख्या कांग्रेसको १४औं महाधिवेशनका कुल प्रतिनिधिको करिब ५३ प्रतिशत हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
