SHARE
बुटवल टुडे · बुधबार २९ असो २०८२ १०:४५ AM · 1 मिनेट पढाइ

राप्रपाद्वारा जुम्ला अध्यक्षसहित ४ जना एक वर्षका लागि निलम्बन

काठमाडौं, २९ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जुम्ला जिल्ला कार्यसमिति अध्यक्ष बेदबहादुर शाहीसहित चार जना पदाधिकारीलाई एक वर्षका लागि निलम्बन गरेको छ । बुधबार बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले यस्तो निर्णय लिएको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिएका छन् ।