SHARE
कालिका खबर · शुक्रबार​ १४ कात्िक २०८३ ०६:५५ AM · 1 मिनेट पढाइ

विधिको पालना सत्ताको नेतृत्वबाटै हुनुपर्छ, सबै क्षेत्रमा एकैपटक आक्रमण गर्दा जोखिम : बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेता डा. बाबुराम भट्टराईले विधिको पालना सत्ताको नेतृत्वमा रहनेहरूले नै गर्नुपर्नेमा जोड दिएका छन् । उन्नत लोकतन्त्रमा कोही पनि जन्म, पद, पहुँच, धन र शक्तिका आधारमा कानुन र सामाजिक मर्यादाभन्दा माथि हुन नसक्ने भन्दै उनले विधिको पालना सत्ताको नेतृत्वमा रहनेहरूले नै गर्नुपर्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, “अहिले सुशासन र समृद्धि देशको प्रमुख एजेन्डा बनेको सन्दर्भमा राज्यका विभिन्न अंगमा पलाएका विकृति विसंगति नष्ट नगरी, फोहरमैला सफा नगरी, उपियाँ–उडुसबाट मुक्त नभई सुशासन स्थापित गर्न सकिन्न ।