SHARE
बुटवल टुडे · बुधबार २९ असो २०८२ १२:३४ PM · 1 मिनेट पढाइ

सिंहदरबारमा प्रहरीको एसएलआर लुटेर प्रदर्शन गर्ने युवक ८ मुद्दाका अभियुक्त, सुनकोठीबाट पक्राउ

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते सिंहदरबारमा प्रहरीको एसएलआर (सेल्फ लोडिङ राइफल) लुटेर अराजकता प्रदर्शन गरेको युवक पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुर महानगरपालिका १३ कुसुन्तीका ३६ वर्षीय सम्राट भन्ने राजु परियारलाई पक्राउ गरेको हो।