SHARE
बुटवल टुडे · बुधबार २९ असो २०८२ ०१:३५ PM · 1 मिनेट पढाइ

मधेशको मुख्यमन्त्रीमा जितेन्द्र सोनल नियुक्त

काठमाडौँ । मधेश प्रदेशको मुख्यमन्त्रीमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता जितेन्द्र सोनल नियुक्त भएका छन्। बुधबार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन्। संविधानको धारा १६८ को उपधारा २ बमोजिम उनलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको हो।