SHARE
बुटवल टुडे · बुधबार २९ असो २०८२ ०१:५० PM · 1 मिनेट पढाइ

नेपाल तेस्रो पटक विश्वकपमा

काठमाडौं : नेपाल तेस्रो पटक विश्वकप खेल्ने पक्का भएको छ। नेपाली राष्ट्रिय क्रिकेट टिमले लगातार दोस्रो पटक टी-२० विश्वकपमा स्थान बनाएको हो। सुपर सिक्सको खेलअन्तर्गत युएईले सामाओलाई पराजित गरेपछि नेपाल दुई खेल अगावै विश्वकपमा पुगेको हो। नेपालले आज ओमानसँग अन्तिम खेल शुक्रबार सामाओसँग खेल्नेछ।