SHARE
बुटवल टुडे · बुधबार २९ असो २०८२ ०२:२८ PM · 1 मिनेट पढाइ

टी-२० विश्वकप छनोट : ओमनविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल

काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सअन्तर्गत खेलमा नेपालले ओमनविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । ओमनमा जारी छनोटमा घरेलु टोलीविरुद्ध नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । दुई खेलअगावै नेपाल र ओमनले टी-२० विश्वकपमा स्थान पक्का गरिसकेका छन् ।