SHARE
बुटवल टुडे · बुधबार २९ असो २०८२ ०४:४० PM · 1 मिनेट पढाइ

कुशलको अर्धशतकमा नेपालले ओमनलाई दियो १५२ रनको लक्ष्य

काठमाडौं । ओमनमा जारी आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर-सिक्समा नेपालले ओमनलाई १५२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १५१ रन बनायो । नेपालका लागि ओपनर कुशल भुर्तेलले अर्धशतकीय इनिङ खेले । कुशलले ५१ बलमा ६८ रन बनाए ।