जेनजीका नाममा कर्मचारी धम्क्याउँदै हिँड्ने अर्जुन शाही पक्राउ
काठमाडौँ । जेनजीका नाममा विभिन्न कार्यालयमा कर्मचारी धम्क्याउँदै हिँडेका अर्जुन शाही पक्राउ परेका छन्। उनलाई कोटेश्वरबाट पक्राउ गरिएको काठमाडौँ परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताए। अछामको पञ्चदेवल विनायक नगरपालिका–४ घर भएका २६ वर्षीय शाहीविरुद्ध प्रहरीका विभिन्न कार्यालयमा यसअघि पनि उजुरी परेको अभिलेखमा भेटिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
