SHARE
कालिका खबर · बिहीबार १३ कात्िक २०८३ ०५:५० AM · 1 मिनेट पढाइ

भीमफेदीमा बसको ठक्करबाट महिलाको मृत्यु

हेटौँडा : भीमफेदी गाउँपालिका–८ इपादेउरालीमा आज बिहान बसको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्याम खत्रीका अनुसार सडक पार गर्ने लागेकी ६३ वर्षीया लीलादेवी खत्रीलाई द्रुत गतिमा हुइँकिएको बसले ठक्कर दिँदा निजको घटनास्थलमै मृत्यु भएको हो ।